माओवादी उपाध्यक्ष महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

चैत्र ५, २०८० | काठमाडौं

सुन तस्करी  प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व सभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला आदालतले अनुमती दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सरकारी वकिलको कार्यालयमा महरालाई बुझाएपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा उहाँलाई उपस्थित गराएको थियो ।

रोल्पा जान भैरहवा विमानस्थल हुँदै कपिलवस्तु पुगेका महरालाई आज विहान पक्राउ गरि काठमाडौं ल्याएर अदालतमा पेश गरिएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अदालतको अनुमति सँगै प्रहरीलाई महरामाथि थप अनुसन्धान गर्नै बाटो खुला भएको छ । गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट भेपमा ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा, उहाँका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

उनीहरुलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसदमा माग उठेको थियो । 


प्रतिक्रिया