सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङ १५ लाख धरौटीमा रिहा

चैत्र ५, २०८० | काठमाडौं

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् ।

जिल्लाअदालत काठमाडौंका न्यायाधीशमाधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो ।

फागुन १४ मापक्राउ परेका गुरुङ १५ लाख धरौटीमा छुटेको जिल्लाअदालतका सूचनाअधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा वैदेशिक मामिला सल्लाहकार रहेका उनी सुन तस्करीमा संलग्न रहेको आरोपमा केही दिनअघि पक्राउ परेका थिए । 


प्रतिक्रिया