कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख पासवान सहित ४ जना विरुद्ध मुद्धा दायर

चैत्र १४, २०८०

सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित चार जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान हुंदा तत्कालिन नगर प्रमुख पासवान र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण स्थलको व्यवस्था नभई सार्वजनिक निकायले वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत कार्य गरेको पाइएको अख्तियारको ठहर छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य गरेको भन्दै अख्तियारले उनीहरु उपर एक करोड ८ लाख रुपैंया बिगो कायम गरेको छ । यस्तै तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतोले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित कार्य गरेकाले सोही रकम बमोजिम बिगो दावी गरेको छ । यस्तै महालक्ष्मी पाण्डेको नाममा रहेको कम्पनीको हकमा पेश्की भुक्तानी लिएपनि काम शुरु नगरेको र फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया