दाहाललाई गोरखा–२ छाड्नु गम्भीर गल्तीः भट्टराई

वैशाख १३, २०८१ | काठमाडौं

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गत निर्वाचनमा गोरखा–२ बाट आफू उम्मेदवार नबनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोड्नु गम्भीर गल्ती भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा भट्टराईले आफूले असल मनसायले दाहालका लागि गोरखा छोड्दा गलत परिणाम आएको उल्लेख गर्नुभएको हो ।

सत्ता स्वार्थका लागि दाहालले सशस्त्र द्धन्द्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोप समेत भट्टराईले लगाउनुभएको छ ।

दाहाललाई आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको उहाँको आरोप छ ।  


प्रतिक्रिया