मानव बेचबिखन नजिकका व्यक्तिबाट हुने भएकाले सतर्क हुन सर्वसाधारणलाई प्रहरीको आग्रह

पुस ७, २०८० | काठमाडौं

अधिकांश मानव बेचबिखनका घटनामा आफूले चिनेको वा नजिकका व्यक्तिहरू बढी संलग्न हुने भएकाले सतर्क हुन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

 कुनैपनि लोभ र प्रलोभनप्रति विश्वास नगर्न समेत प्रहरीले आग्रह गरेको छ । प्रहरीेले आज सामाजिक सञ्जाल फेसबुकमा चेतनामुलक एक भिडियो सार्वजनिक गर्दै आफ्नो नजिकका मान्छे पनि मानव तस्कर हुन सक्ने भएकाले चनाखो हुन आग्रह गरेको हो ।

 राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनमा देशभित्र नै बेचबिखनको अवस्था बढ्दो रहेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोमा दर्ता भएका उजुरीहरुको अध्ययनमा मुलुकका विभिन्न शहरी क्षेत्रमा दोहरी साँझ, डान्सवार, मसाज सेन्टर,खाजा घर पार्लर जस्ता मनोरञ्जन तथा सत्कार सेवाका क्षेत्रहरुमा उनीहरुको बेचबिखन हुने गरेको हो ।   


प्रतिक्रिया