मलेसियामा लकडाउन

चैत्र ५, २०७६ | मलेसिया

विश्वव्यापी महामारीको रूप लिएको कोरोना नियन्त्रणका लागि मलेसिया सरकारले आजबाट लक डाउन गरेको छ । लकडाउन मार्च ३१ सम्म लागू हुनेछ । मलेसियास्थित सञ्चारमाध्यमहरूका अनुसार, लक डाउन अवधिभर देशबाहिर जान समेत प्रतिबन्ध लगाइएको छ । 

देशबाहिर रहेका मलेसियनहरू स्वदेश फर्कनलाई भने नरोकिएको तर उनीहरुले स्वास्थ्य परीक्षण गरेर १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ । पर्यटकका लागि भने पूर्ण प्रतिबन्ध लगाइएको छ । मलेसियामा हालसम्म ५ सय ५३ जनामा संक्रमण भेटिएको छ । तिमध्ये ४२ जना उपचारपछि घर फर्किसकेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसियामा करिब ५ लाख नेपाली कार्यरत रहेका छन् ।  


प्रतिक्रिया