कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भरपर्दो खोप पत्ता लागेको छैन : डब्लुएचओ

श्रावण १९, २०७७

– विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भरपर्दो खोप पत्ता नलागेको बताएको छ । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि विभिन्न मूलुकले खोप उत्पादन गरीरहेको दावी गरीरहेका बेला डब्लुएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेसुसले संक्रमण नियन्त्रणका लागि कुनै पनि सटिक र भरपर्दो खोप नबनेको दावी गर्नु भएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले केही दिनअघि गरिएको खोप परीक्षणबाट सकारात्मक नतिजा आएको उल्लेख गरेको थियो ।

यसअघि हिजो मात्र डब्लुएचओले कोरोना संक्रमण लामो समयसम्म लम्बिने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो ।

इरानमा कोभिड १९ संक्रमण तीब्र बनेको बीबीसीले उल्लेख गरेको छ । सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तीन गुण बढी संक्रमितको संख्या रहेको एक अनुसन्धानले देखाएको बीबीसीले उल्लेख गरेको छ । हालसम्म विश्वभर कोरोना भाइरसबाट एक करोड ८१ लाख २ हजार ६ सय ७१ जना संक्रमित भएका छन् । यस्तै ६ लाख ८९ हजार ९ सय ८ जनाको मृत्यु भएको जोन्स् हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । 


प्रतिक्रिया