सान्चेजले राजीनामा नदिने

वैशाख १७, २०८१

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राजीनामा नदिने हुनुभएको छ । भ्रष्टाचारको आरोपमा आफ्नो श्रीमतीविरुद्ध अदालतले प्रारम्भिक अनुसन्धान गर्ने भएपछि प्रधानमन्त्री सान्चेजले राजीनामा दिने बताउनुभएको थियो । तर राजीनामा नदिन भन्दै हजारौं नागरिक सडकमा आएपछि प्रधानमन्त्री सान्चेजले राजिनामा नदिने निर्णय गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

राजनीतिक संकटको जोखिम बढेपछि स्पेनी प्रधानमन्त्री पदमा निरन्तरता दिने निष्कर्षमा पुगेका हुन् । सो निर्णय गर्नुअघि सान्चेजले स्पेनका राजा फिलिपसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री सान्चेजले महिला, यौनीक तथा लैगिंक अल्पसंख्यक समुदायको लागि राम्रो कदम चालेको भन्दै हतास नहुन समर्थक सुझाव दिएका थिए । 


प्रतिक्रिया