चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन

आश्विन ९, २०७८ | काठमाडौं

चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । ७५ वर्षीया भासिनको आज बिहान निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिन केही महिनादेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

अभियन्ता कविताले भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको बताउनुभएको छ ।

सामाजिक वैज्ञानिकका रुपमा विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय भासिन सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन(एफएओ) मा कार्यरत हुनुहुन्थ्यो ।

भासिनले महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने र पुरुषबीचको भेदभावको संस्कार विरुद्ध भासिनले सशक्त अभियान चलाउनुभएको थियो । यस्तै महिला र महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत अभियान चलाउँदै आएकी भासिनको ‘क्योँ कि मे लड्की हूँ, मुझे पढ्ना है’ लगायतका कविता चर्चित छन् ।  


प्रतिक्रिया