दाह्री नकाट्न हजामलाई तालिबानको कडा निर्देशन

आश्विन ११, २०७८ | काठमाडौं

महिलाहरु लक्षित कडा कानून तथा व्यवस्था लागू गर्दै आएका अफगानिस्तानको तालिवान सरकारले पुरुषहरुलाई दाह्री काट्न रोक लगाएको छ । दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको उल्लंघन गर्ने भन्दै तालिवानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा सो व्यवस्था लागू गरेको हो । 

सो प्रान्तमा रहेका हजामहरुलाई कडा निर्देशन दिँदै तालेबानले सो नियम तोडेको पाइए हदैसम्मको सजाय दिने चेतावनी दिएको छ । राजधानी काबुलमा पनि केही स्थानमा आफूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन् । पछिल्लो यस निर्देशनले अफगानिस्तानमा फेरि तालिवानको कडा शासन फर्किएको आकंलन गरिएको छ ।

 यसअघि पनि तालिवानले बालिका शिक्षा र महिलाहरुलाई रंगीबिरंगी पोशाक लगाउन रोक लगाएको थियो । जसको विरोधमा त्यहाँ महिलाहरुले आपत्ति जनाउँदै सामाजिक सञ्जाल र सडकमै उत्रिएर विरोध गरिरहेका छन् । गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विभिन्न विवादास्पद निर्णय लागू गरिसकेको छ । 


प्रतिक्रिया