बाल स्वास्थ्य सेवाका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख सहयोग
श्रावण १, २०८३ | काठमाडौं
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ( केआईओसीएच)लाई ५० लाख सहयोग प्रदान गरेको छ । रिलायबलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्तव (सीएसआर) अन्तर्गत बालबालिकाको स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सो रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले केआईओसीएचका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमबीच सो रकम प्रदान गरेका हुन् ।
बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार विकासमा टेवा पु¥याउन तथा भविष्यमा हजारौं बालबालिका र परिवारलाई लाभान्वित गर्न योगदान पु¥याउने उद्देश्यले सो रकम दिइएको रिलायबल इन्स्योरेन्सका सूचना अधिकारी दिपेश बाबु तिवारीले जानकारी दिएका छन् । सो सहयोगले संस्थाको सामाजिक प्रतिबद्धता, विश्वास र जिम्मेवारीप्रति थप सुदृढ बनाउने विश्वास रिलायबलको भनाई छ ।







