बेलायती राजकुमारको पद खोसियो

पुस ३०, २०७८ | एजेन्सी


बेलायतमा राजकुमार एन्ड्रयुको पद खोसिएको छ । ६१ वर्षिय एन्ड्रयुलाई सैन्य उच्च पद र राजदरवारको संरक्षणबाट विमुख गरिएको हो । एन्ड्रयुको पद बेलायती महारानीमै फिर्ता गरिएको बकिङघम प्यालेसलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमार एन्ड्रयुले अवदेखि राजकीय कुनै पनि पदको सदुपयोग गर्न पाउनु हुने छैन ।

एक अमेरिकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि एन्ड्रयुको पद खोसिएको हो । यद्यपी उहाँले भने सो आरोपलाई अस्विकार गर्दै आउनुभएको छ । भर्जिनिया ग्युफ्रे नामकी महिलाले एन्ड्रयुविरुद्ध न्युयोर्कस्थित अदालतमा मुद्धा दायर गरेकी छन् । एन्ड्रयुले सो मुद्धाको निरन्तर सामना गर्नुपर्ने छ । 


प्रतिक्रिया