सामाजिक सञ्जाल एवं डिजिटल प्लेटफर्ममार्फत घृणाको सञ्चार हुँदैछ : राष्ट्रसंघ

असार ५, २०७९ | काठमाडौं

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एवं डिजिटल प्लेटफर्मबाट तीव्र रुपमा फैलिएको घृणाको सञ्चारलाई नियन्त्रण गर्न नसके गम्भीर अवस्था आउने चेतावनी दिनुभएको छ ।

 इन्टरनेट प्लेटफर्म र सामाजिक सञ्जाललाई शाब्दिक हतियार बनाई शारीरिक र मानसिक रुपमा हानी पुर्‍याउन प्रयोग भइरहेको र सो कार्य आधुनिक युगको सबैभन्दा भयानक र दुखद अपराधमध्ये एक भएको गुटेरेसको भनाइ छ । रुवान्डा लगायतका राष्ट्रमा सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोगले नरसंहारसम्मका घटनामा बढावा दिएको पाइएको राष्ट्रसंघले बताएको छ । 

राष्ट्रसंघका अनुसार सामाजिक सञ्जाललाई जातिवाद, भेदभाव र कुरुपतालाई बढावा दिने, व्यक्तितथा समुदायलाई अमानवीय बनाउने लगायत कार्यमा प्रयोग गरिएको पाइएको छ । इन्टरनेट र सामाजिक मिडियाले घृणायुक्त अभिव्यक्तिलाई थप बढावा दिने र त्यसको प्रभाव विश्वभर डढेलोझैं तीव्र गति फैलने गरेको भन्दै गुटेरेसले चिन्ता व्यक्त गर्नुभएको हो । 


प्रतिक्रिया