बेलायतको अर्थतन्त्र सन् २०२३ मा निकै खुम्चिने प्रक्षेपण

माघ १७, २०७९
अर्थमन्त्री जेरेमी हन्टले बेलायतले गतवर्षको प्रक्षेपण विपरित आर्थिक सुधार गरेकाले तथ्यांक भन्दा फरक अवस्था सन् २०२३ मा आउने दाबी गर्नुभएको छ । बेलायतको कुल गार्हस्थ उत्पादनमा शुन्य दशलमव ३ प्रतिशतले गिरावट हुने वल्र्ड इकोनोमिक आउटलुकमा उल्लेख छ । विश्वका विकसित र उदियमान अर्थतन्त्र भएका मुलुकमा सन् २०२३ मा अर्थतन्त्रमा गिरावट आउने भनिएको बेलायत एक मात्र मुलुक हो ।
सन् २०२४ मा बेलायतको अर्थतन्त्रमा शुन्य दशमलव ९ प्रतिशतले वृद्धि हुने जारी प्रतिवेदनमा उल्लेख छ । बेलायतमा पछिल्लो १२ महिनामा ४० वर्ष यताकै उच्च मुल्यवृद्धि भएको छ । बेलायतमा पछिल्लो १२ महिनामा मुल्य वृद्धि १० दशलमव ५ प्रतिशत पुगेको छ ।