रुसको मुख्य व्यापारिक साझेदारी राष्ट्र युएई बन्यो

जेष्ठ १२, २०८० | काठमाडौं

युक्रेनसंगको युद्धपछि रुसको मुख्य व्यापारिक साझेदारी राष्ट्र राष्ट्र युएई बनेको छ । युक्रेनको परम्परागत बाटो बन्द गराएर पश्चिमा राष्ट्रले प्रतिवन्ध लगाएपछि रुसले युएईमा सुनको निर्यात वृद्धि गरेको हो । गत वर्ष फेव्रहरी २२ देखि यो वर्षको मार्चसम्ममा रुसबाट युएईमा करिव १ हजार पटक सुनको ढुवानी भएको अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

युरोपेली मुलुकको प्रतिवन्ध पछि कम्तिमा १ सय गैररुसी कम्पनीहरुले मस्कोबाट सुनको आयात गरेका थिए । सो समयमा रुसबाट भएको सम्पुर्ण निर्यातको तथ्याङक भने खुल्न नसकेको मस्को भन्सारका अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेन माथिको हस्तक्षेप पछिको एक वर्षमा युइएले रुसबाट १५ टन सुन खरिद गरेको छ । भने हङकङ र चीनका कम्पनीहरुले पनि २० टन भन्दा बढि सुन रुसबाट आयात गरेको पाइएको हो । रुसी सुन खरिद गर्ने टर्की, स्विटजरल्याण्ड लगायतका मुलुक समेत छन् ।

युक्रेन माथिको हस्तक्षेप पछि अमेरिकामा समेत ४५ लाख डलर बराबरको ७२ दशलम ४ किलो रुसी सुन भित्रिएको छ । बेलायत, स्विडेन, फ्रान्सका बैंक तथा लगानी कम्पनीले समेत रुसी सुन अन्य मध्यस्तकर्ताका माध्यमबाट खरिद गरीरहेको पाइएको छ । 


प्रतिक्रिया