ब्रिक्स देशहरुको समूहमा सहभागी हुन पाकिस्तानको आवेदन

मंसिर ६, २०८० | काठमाडौं

पाकिस्तानले ब्रिक्स देशहरुको समूहमा सामेल हुन आवेदन दिएको छ । रुसका लागि पाकिस्तानी नवनियुक्त राजदूत मुहम्मद खालिद जमालीले रुसी समाचार एजेन्सी टासलाई दिएको अन्तर्वार्तामा ब्रिक्सको सदस्यताको लागि आवेदन दिएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘पाकिस्तान यो महत्वपूर्ण समूहको हिस्सा बन्न चाहन्छ र पाकिस्तानले समर्थनका लागि सदस्य देशसँग सम्पर्क गरिरहेको छ,’ ‘हामी विशेषगरी रुसको समर्थन चाहन्छौं ।’ ब्रिक्स उदीयमान अर्थतन्त्रहरुको समूह हो जसका सदस्य ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।

यसवर्ष अगस्टमा भएको १५ औं ब्रिक्स शिखर सम्मेलनमा इजिप्ट, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इथियोपिया र अर्जेन्टिनालाई समावेश गर्न विस्तार गरिएको थियो ।

हिजो इजरायल र गाजाको मुद्दामा ब्रिक्सको भर्चुअल बैठक बोलाइएको थियो जसमा तत्काल युद्धविरामको लागि आह्वान गरिएको थियो । 


प्रतिक्रिया