भारतमा क्रुज क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

वैशाख ६, २०८१ | काठमाडौं

भारतमा आमनिर्वाचनको पूर्व सन्ध्यामा स्वदेशी प्रविधिबाट बनाइएको क्रुज मिसाइल सफलतापूर्वक परीक्षण गरिएको छ । 

रक्षा अनुसन्धान तथा विकास संगठनले ओडिशाको तटस्थित एकीकृत परीक्षण क्षेत्रबाट मिसाइलको सफलतापूर्वक परीक्षण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

परीक्षणको दौरान सबै उप प्रणालीहरूले अपेक्षाअनुसार काम गरेको बताइएको छ । 

मिसाइलले लक्षित स्थानमा पुगेर मार्ग बिन्दुहरू पछ्याएको र समुद्रको सतहबाट धेरै नजिक उडेको रक्षा मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया