इरानमा आक्रमण गरेको इजरायलको दावी

वैशाख ७, २०८१ | काठमाडौं

इजरायलले इरानमाथि क्षेप्यास्त्र आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । इजरायलले इरानको मध्य प्रान्त इस्फाहानमा विस्फोट गराएको अमेरिकी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपी सो आक्रमणबारे इजरेल र इरानले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । यसैबीच, सिरिया र इराकमा पनि विस्फोट भएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

इरानका धेरै सहरहरूमा उडानहरु बन्द गरिएको छ । इरानले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफ इजरायलले दिने केही दिन अघि बताएको थियो । त्यसयता इरानमा उच्च सतर्कतामा अपनाइएको छ ।

इजरायलको जवाफी हमलाले युद्ध चर्किने डर भएको छ । ६ महिनाभन्दा बढी समयदेखि इजरायलले गाजामा हमास र लेबनानमा हिजबुल्लाहविरुद्ध दुई अन्य मोर्चामा लडिरहेको छ ।

दुवै इरानका सहयोगी हुन् । सिरियामा आफ्नो वाणिज्य दूतावासमा आक्रमण गरेको बदलास्वरुप इरानले इजरायलमा जवाफी हमला गरेपछि क्षेत्रीय तनाव बढ्दै गएको छ । 


प्रतिक्रिया