बङ्गलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

कार्तिक १, २०८२ | काठमाडौं

बङ्गलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो सेक्शनमा भीषण आगलागी भएको छ ।

विमानस्थलमा आगलागी भएसँगै उडानहरु अस्थायी रूपमा स्थगित गरिएको छ । बंगलादेशी सञ्चार माध्यम द डेली स्टारका अनुसार विमानस्थलमा लागेको आगो नियन्त्रणमा ल्याउन ३६ वटा दमकल परिचालन गरिएको छ । विमानस्थलका प्रवक्ताले भने आगलागी भएपनि विमानहरु भने सुरक्षित रहेको समाचारमा उल्लेख छ ।

विमानस्थलमा भएको आगलागी पछि धुवाँको मुस्लो टाढाबाटै देखिएकोे छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको जानकारी आएको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।  


प्रतिक्रिया