राजपुर बम काण्डका आरोपित पूर्वमन्त्री आलमका भाई पक्राउ

मंसिर २२, २०७७ | रौतहट

पहिलो सविधानसभा निर्वाचको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोट प्रकरणमा संmग्न थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर नगरपालीकाका मोहम्मत महताब आलमलाई प्रहरीले भारतको मोतिहारीबाट पक्राउ गरेको हो । 

उनी पूर्वमन्त्री एवम काँग्रेसका नेता मोहम्मद आफताब आलमका भाई हुन् । महताब काग्रेसका जिल्ला नेता हुन् । दाजु आफताब पक्राउ परे देखी नै महताब फरार थिए । उनलाई गएको मध्यरातमा भारतीय प्रहरीका सहयोगमा पक्राउ गरिएको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ (साबिक राजपुर गाबिस ४ ) स्थित आलमका काका शेख ईद्रिसको गोठमा बम बिस्फोट हुदा यमुनामाई गाउपालीका ४ (साबिक सरुअठा ४ ) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसि अख्तरलाई चिम्नि भट्टामा घाईते भएका थिए । घटनाको वास्तविकता खुल्ने आशंकामा ती घाइतेलाई जिउदै जलाईएको आरोप पूर्वमन्त्री एवम काग्रेस नेता आफताब र उनका भाई महताब लगायत ११ जना माथि छ । 

घटनामा मुख्य आरोपित भनिएका आफताब पूर्पक्षको लागी गत कात्तिक २९ गते देखी काठमाडौंको डिल्लीबजार जेलमा छन् । आफताबका भाई महताब पक्राउ बारे जिल्ला प्रहरी प्रमुख एपि सिद्धिबिक्रम शाहले आनकानी गरे । महताबका परिवारका सदस्यले प्रहरीले मध्य रातमा पक्रेको पुष्टि गरेका छन् । 

भारतको मोतीहारी स्थित आफन्त कहा आएका महताबलाई रौतहट र मोतिहारी प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउदै गरेको प्रहरी श्रोतले बतायो । आरोपित मध्ये अहिले सम्म ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौतहटले जनाएको छ । ६ जना अझै फरार छन् । राजनीतिक आवरणमा लुकाईदै आएको यो घटनाको १२ बर्ष पछि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले असोज ११ गते आलमलाई पक्राउ गरेका थिए ।

बिस्फोटको घट्ना पछि मृतक पिन्टु का बुवा श्रीनारायाण सिह र अख्तरका आमा रुक्साना खातुनले काँग्रेस नेता आलम लगायत ४ जना बिरुद्ध २०६५ बैसाख ९ गते किटानी जाहेरी दिएका थिए । घट्नाको २ महिना पछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाई महताब सहित ४ जना पक्राउ गरेको थियो । सत्ताको आडमा चारै जनाको म्यादथप गरि एकै दिनमा अनुसन्धान सकेर सोही दिन सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गरी साँझ पख प्रमाण नपुगेको भन्दै तत्कालीन प्रमुख ध्रुबमणि ज्ञावलीले जिम्मा जमानीमा छाडेका थिए ।

आरोपितहरु छुटे पछि २०७१ मसिर २० गते पीडितका तर्फबाट छानविन गरि पाउँ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिईएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्बोच्च अदालतमा रिट दायर गरे पछि गम्भिर प्रकृतिको घटनाको पुन: छानविन गर्न भनि आदेश भएको थियो । त्यस पछि पक्राउ परेका आलम बिरुद्ध अनुसन्धानको क्रममा ७ सय पृष्ठको लामो मिसिल तयार भएको थियो । कर्तब्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा लगायत ११ जना बिरुद्ध जन्मकैद सजायको माग सहितको अभियोग पत्र अदालत समक्ष दर्ता भएको थियो ।


प्रतिक्रिया