इरानमा नयाँ राष्ट्रपति चयनका लागि आगामी महिना निर्वाचन हुने

जेष्ठ ८, २०८१ | काठमाडौं

इरानमा नयाँ राष्ट्रपति चयनका लागि आगामी जुन २८ मा निर्वाचन हुने भएको छ ।

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको बीबीसीले जनाएको हो ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिरको हिजो निधन भएको थियो ।

६३ वर्षीय रइसीको निधनपछि विश्व समुदायले समबेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति रइसीको निधनपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले अन्तरिम कार्यभार सम्हाल्नु भएको छ ।

उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेश मन्त्रीमा नियुक्त गरिएको छ ।

यसैबीच राष्ट्रतिको निधनपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पाँच दिने शोकको घोषणा गर्नु भएको छ ।


प्रतिक्रिया