राजपुर बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब थुनामा

मंसिर २८, २०७७ | रौतहट

रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहितको अभियोग पत्र अदालतमा दर्ता भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुरस्थित तत्कालीन मन्त्री शेख इद्रिसको घरगोठमा भएको बम विस्फोटमा परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायत घाइतेलाई इँटा भट्टामा जिउँदै जलाएको आरोप लागेका महताबलाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।


प्रतिक्रिया