पाँचथरको फिदिममा बस दुर्घटना : दुई जनाको मृत्यु, ६३ जना घाइते

कार्तिक ८, २०७८ | काठमाडौं

पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु गएको छ । फिदिमको निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा दुर्घटना हुँदा अन्य ६३ जना घाइते भएका छन् । दुर्घटनामा परेर उपचारका लागि पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । 

 उनीहरुको सनाखत भएको छैन । ४४ सिट क्षमताको सो बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पााचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिनुभयो । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक छ । बस सडकबाट पल्टेर ५० मिटर तल रहेको खसेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

 केही घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रेफर गरिएको पाँचथर अस्पतालका प्रमूख डाक्टर बुद्वीबहादुर थापाले बताउनुभयो । घाइते भएकाहरुमा अधिकांश बालबालिका छन् । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । 


प्रतिक्रिया