सातै प्रदेशमा राप्रपाले निर्वाचनको समीक्षा गर्ने
वैशाख ३, २०८३ | काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सातै प्रदेशमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्ने भएको छ । निर्वाचनमा व्यहोरेको हार लगायत बिषय उठाएर महामन्त्री धवलशमशेर राणाले असन्तुष्टी जनाइरहेका बेला राप्रपाले प्रदेश तहमा चुनावी समिक्षा गर्न लागेको हो ।
केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने समीक्षा बैठकको मिति तय गर्ने राप्रपाले जनाएको छ । समीक्षा बैठक वैशाख दोस्रो सातासम्म सम्पन्न गरिने सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशपछि पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने बैठकमा समेत निर्वाचनको समिक्षा गर्ने राप्रपाको तयारी छ । राप्रपाले गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ५ सिट जितेको थियो ।










