नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

मंसिर ३०, २०७३ | चितवन

निर्माणधिन नारायणगढ–मुग्लिन सडकखण्ड आउँदो पुष ७ गतेबाट दैनिक ४ घण्टा बन्द हुने भएको छ । निर्माणमा कठिनाई भएको भन्दै निश्चित समय बन्द गर्न लागेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

अर्को सुचना जारी नभए सम्म विहान ११ देखि अपरान्ह ३ बजे सम्म सडक बन्द हुने आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

सडक बन्द हुने भएपछि आयोजनाले सवारी चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।  

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले सम्म ३२ प्रतिशत मात्र निर्माणको काम भएको छ ।

सन् २०१७ अगस्टमा सक्नु पर्ने लक्ष्य भएपनि आधा काम पनि हुन सकेको छैन । 

 

 


प्रतिक्रिया