अरुण तेश्रोमा राष्टिय मानव अधिकार आयोगको चासो

जेष्ठ ६, २०८१ | काठमाडौं

संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजना क्षेत्रमा स्थानीयले आफ्ना मागबारे उजुरी गरेपछि राष्ट्रिय मानव अधिकार आयोगले सो क्षेत्रको अनुगमन गरेको छ ।

आयोगका सदस्य मनोज दुवाडीको टोलीले आज अरुण तेश्रोको पावर हाउस स्थलसम्मको २४ किलोमिटर सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनपछि आयोगले सदरमुकाम खांदबारीमा पीडित र सरोकारवाला बीच छलफल गरेर गुनासो समेत संकलन गरेको छ ।

मुआव्जा पीडितले आयोगमा ३ महिना अघि उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत बर्ष आयोजना प्रभावित क्षेत्रमा स्थानीयलाई प्रति रोपनी ११ लाख ७५ हजार दिने मुआब्जा दिने निर्णय गरेको थियो । तर अझै सो रकम नपाएको पीडितले बताएका छन् । 


प्रतिक्रिया