मुग्लिन नारायणगढ सडकखण्ड निर्वाध सञ्चालन हुने

वैशाख २२, २०७४ | चितवन

निर्वाचनमा मतदातालाई आवतजावत गर्न सहज बनाउन मुग्लिन नारायणगढ सडकखण्डमा आगामी सोमवारबाट सवारी साधन निर्वाध सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सडक दैनिक विहान १० देखि ४ बजे सम्म बन्द गरिदैं आएको छ ।

सहज आवत जावतका लागि आगामी २५ गतेदेखि ३ गतेसम्मका लागि खुल्ला गर्न लागिएको निर्माण आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

दैनिक ६ हजार भन्दा बढी सवारी साधन आवागमन गर्ने मुग्लिन देखि नारायणगढ सडकखण्ड चौबिसै घण्टा सञ्चालन हुँदा राजधानीबाट बिभिन्न स्थान पुग्ने यात्रुलाई सहज हुनेछ ।

आउँदो पुस सम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सडक खण्डको निर्माण अहिलेसम्म ५० प्रतिशत मात्र पुरा भएको छ ।

 


प्रतिक्रिया