अपडेट : नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

श्रावण २०, २०७४ | चितवन

बिभिन्न १० ठाउँमा झरेको पहिरो पन्छ्याएपछि नारायणगढ मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो खसेपछि सो सडक खण्ड बुधबार साँझदेखि अवरुद्ध थियो । लोडर, एक्जाभेटर, सुरक्षाकर्मी, सडक आयोजनाको संयुक्त पहलमा सडक आज दिउँसो सवा २ बजे बाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

भालुढुंगामा पहिरोले क्षति पुर्‍याएकाले ठुला र साना सवारीलाई पालैपालो गरेर पठाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । पहिरोले बगाएको भागमा पर्खाल निर्माणको काम भईरहेको र साँझसम्म सम्पन्न हुने खनालले जानकारी दिनुभयो ।

सो सडकको इच्छाकामना –६ मा गत बुधबार गएको पहिरोमा परी ४ वटा सवारी साधन पुरिएका थिए ।

यसैबीच अविरल बर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पनि एकतर्फी यातायात संचालनमा आएको छ ।  

 


प्रतिक्रिया