कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुरु

वैशाख १, २०७५ | मुगु

कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुरु भएको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम जारी रहेको रारा क्षेत्रमा रहेका कान्तिपुरकर्मी बिमल खतिवडाले जनाएका छन् । पर्यटकीय विकास मार्फत् सम्वृद्धि हासिल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको आयोजनामा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुरु भएको हो ।

प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली सम्वृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष शुरु भएको हो । पर्यटन वर्ष सुरु भएसँगै रारा क्षेत्रमा आन्तरिक पर्यटकको घुँईचो लागेको छ । 


प्रतिक्रिया