मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु 

मंसिर ९, २०७६ | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, अँधेरीगैरामा भएको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय लक्ष्मण नेपालीको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । भुवनपोखरीमा लागेको रैनादेवी न्वागी मेलाबाट फर्कदै गरेका अर्घाखाँची पणेना गाउँपालिका–३, साधनबुटाका नेपालीको घटनास्थलमै मृत्यु भएको हो । 

सोही लु २८ प ३५७ नम्बरको मोटरसाइलमा सवार रिब्दीकोट गाउँपालिका–३, हार्थोकका सुदन गैरे घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुझुङ प्रहरी नायव निरीक्षक गोपाल पुनका अनुसार भुवनपोखरीबाट हार्थोक आउने क्रममा दुर्घटना भएको मोटरसाइकल सडकबाट ५ मिटर तल खसेको छ । घाइते गैरेको अवस्था सामान्य भएकाले उपचारका लागि स्थानीय स्थास्थ्य चौकीमा पठाइएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया