रुकुम घटनाका थप ३ आरोपी पक्राउ

जेष्ठ २९, २०७७ | रुकुम

– रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोतीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहहारी नगरपालिका–८ का १९ बर्षीय घमण्ड मल्ल र विष्णु मल्ल तथा २६ बर्षीय सर्वजित भनिने सविन पुन छन् । 

गत जेठ १० गते भएको घटनामा संलग्न २५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । सोतीकी १७ वर्षिया मल्ल थरकी किशोरीका प्रेमी सहित जाजरकोटबाट गएका युवाहरु स्थानीयको आक्रमणमा परेका थिए । स्थानीयको आक्रमणबाट किशोरीका प्रेमी नवराज विकसहित ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।   


प्रतिक्रिया