रौतहट कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित

फाल्गुन २१, २०७८

दुई पक्ष बीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औ अधिवेशनका लागि आज हुन लागेको निर्वाचन अनिश्चितकालको लागि स्थगित भएको छ । मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै विवाद बढेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थागित गरेको हो । बिहान ९ बजेबाट मतदान हुने भनिएको थियो । प्राविधिक कारणले एक बजे सारिए पनि बिबाद नमिले पछि स्थगित गर्नु परेको निर्वाच समितिले जनाएको छ । 

क्षेत्र नम्बर ३ का अधिकांश वडाका प्रतिनिधिहरुले अहिले सम्म प्रमाणपत्र नपाएको र मतदानमा सहभागी हुन कठिन भएको भन्दै बादबिबाद बढेपछि लाईनमा बसेका मतदाताहरुले समते मतदान गर्न पाएनन् । निर्वाचन अधिकृत दिपक राज रेग्मीले प्राविधिक कारणले अर्को सूचना प्रकाशित नभए सम्मका लागी मतदान स्थगित गर्नु परेको बताउनुभयो । अधिवेशनमा सभापतिका लागी सस्थापन पक्षका जितेन्द्र यादब (सुनील) र कोईराला प्यानलबाट हृद्यनारायण यादव मैदानमा छन् । कोईराला पक्षकाले आफ्नो समर्थकहरुलाई प्रमाणपत्र नदिएकाले मतदानमा भाग लिन समस्या परेको भन्दै आपत्ति जनाएपछि विवाद बढेको हो । सभापति र पदाधिकारी सहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका छन् । २ हजार ५ सय ९० मतदाता छन् ।  


प्रतिक्रिया