वडाध्यक्षमा २७ वर्षीय स्वतन्त्र उम्मेदवार विजयी

जेष्ठ १, २०७९

दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ को वडाध्क्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । २७ बर्षीय सुनिल वली ६ सय २९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५ सय ९७ मत प्राप्त गर्नूभयो । काग्रेसका उम्मेदवार टोपेन्द्र कुमारीखड्काले ३ सय ५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गर्नुभयो । बागी उम्मेद्ववारी दिएको भन्दै वलीलाई कांग्रेसले कारवाही गरेको थियो ।


प्रतिक्रिया