विभेदपूर्ण लिंग पहिचान कार्य निरुत्साहित गर्नुपर्नेमा जोड

श्रावण २०, २०७९

विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले विभेदपूर्ण लिंग पहिचान कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । सञ्चारिका समूहले ललितपुरमा आयोजना गरेको एक अन्र्तक्रियामा उनीहरुले लिंग पहिचान गर्दै बच्चा जन्माउने प्रचलन बढेपछि छोरीको संख्यामा कमी आएको भन्दै लिंग पहिचानको विषयलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले लिंग पहिचान गरी बच्चा जन्माउने प्रचलन बढेसंगै छोरीको संख्यामा कमी आएको बताउनुभयो ।

सो विषयमा सञ्चारमाध्यमले प्राथमिकता दिएर समाचार प्रशारण , प्रकाशन गर्नुपर्ने उहाँको भनाई थियो । यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारमाध्यमले महिलाका मुद्धालाई ओझेलमा राख्ने गरेको बताउनुभयो । महिलासंग सम्बन्धित समाचारलाई सञ्चारमाध्यमले खासै प्राथमिकता नदिंदा उठ्नैपर्ने मुद्धा ओझेलमा परेको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागिले सञ्चारमाध्यमले यी यस्ता विषयलाई गौर तरिकाले उठान गरे समाजमा सकारात्मक प्रभाव पर्नेमा जोड दिएका थिए । 


प्रतिक्रिया