चिसो बढेपछि प्रतापपुर र बर्दघाटका विद्यालयमा तीन दिन बिदा

माघ ७, २०८०

अत्यधिक हुस्सुको कारण चिसो बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिनका लागि विद्यालयमा बिदा दिएको छ । 

पछिल्लो एक सातायता बाक्लो हुस्सु र शीतलहर चलेपछि माघ ७ गतेदेखि ९ गतेसम्म पालिका भित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिईएको हो । गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सूचना जारी गर्दै जाडोबाट बच्न र बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न आग्रह गर्नु भएको छ ।

यसैगरी बर्दघाट नगरपालिकाले पनि विद्यालयमा तीन दिन जाडो बिदा दिएको छ । आइतबारदेखि मंगलबारसम्म जाडो बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

रामग्राम नगरपालिका भित्रका संस्थागत विद्यालय आइतबार र सोमबारका लागि जाडो बिदा दिईएको छ । दिनभरी हुस्सु लाग्ने र जाडो अत्यधिक बढेपछि रामग्राम प्याब्सनले नगर भित्रका विद्यालयमा बिदा दिएको हो । एक हप्ता भन्दा बढी समयदेखि लागेको अत्याधिक हुस्सुको कारण जाडो बढेपछि जनजीवन प्रभावित बनेको छ ।


प्रतिक्रिया