कावासोती १७ मा अमलटारी होम स्टे सञ्चालन

माघ ११, २०८० | नवलपुर

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा अमलटारी सामुदायिक होम स्टे सञ्चालनमा आएको छ ।

थारु, कुमाल, मगर लागायत स्थानीय जातजातीको परम्परागत शैली र पर्या–पर्यटनको प्रर्वद्धन गर्न होम स्टे सञ्चालनमा ल्याइएको हो ।

सो होम स्टे २०७६ सालबाट नै सन्चालन गर्ने तयारी भएपनी कोरोना भाइरस संक्रमणका कारण पूर्णरुपमा सन्चालन हुन सकेको थिएन । आज एक कार्यक्रमकाबीच होम स्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनियाले उद्घाटन गर्नुभएको हो ।

मौलिक पहिचान जगेर्ना गर्दै स्थानीयको आय आर्जनमा टेवा पुर्याउन होम स्टे प्रभाबकारी हुने उहाँको भनाई छ । सो होम स्टेमा थारु, मगर, कुमाल र घर्ती जातिको मौलिक पहिचान, परिकारको साथै नारायणी नदिमा डुङ्गा सयर, जङल सफारी लगाय सुविधा छन् ।

पुर्वपश्चिम राजमार्गको डण्डाबाट ९ किलोमिटर दक्षिण लागेपछि अमलटारी गाउँ पुग्न सकिन्छ ।  


प्रतिक्रिया