पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा पालिका केन्द्र जोड्ने सडक नहुँदा समस्या

माघ १४, २०८० | परासी

भारतीय सीमासँग जोडिएको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका स्थानीयले सडक पूर्वाधार विस्तार गर्न माग गरेका छन् ।

सो गाउँपालिका वडा नम्बर १, ६ र ७ का स्थानीयले पालिका जोड्ने सडक निमार्ण गरि सञ्चालन गर्न माग गरेका हुन् । पालिका केन्द्रमा पुग्न समेत समस्या भएपछि उनीहरु लुम्बिनी प्रदेश अन्तरर्गत पर्ने पश्चीम नवलपरासीको बर्दघाट हुँदै ४० किलोमिटर दूरी पार गरि दुम्कीबास पुग्नुपर्ने बाध्यता छ ।

पालिकाको केही वडामा सडक विस्तार भए पनि सवारी भने सञ्चालन हुन नसक्दा प्रशासनीक कामका लागि जिल्ला सदरमुकाममा कावासोती पुग्न समेत समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

पालिका केन्द्रसम्म सडक विस्तार गर्ने गाउँपालिकाको योजना भएपनि सडक क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएपछि विस्तार गर्न नसकिएको सो गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।    


प्रतिक्रिया