सुनवल नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

माघ १५, २०८० | कावासोती

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट तलव सुविधा लिने जनप्रतिनिधी ,कर्मचारी शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालय पढाउनुपर्ने भएको छ । 

पालिकाको नीति तथा कार्यक्रम अनुसार नगरका जनप्रतिनिधि,शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरिएको हो ।

 सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले शैक्षिक गुणस्तर बढाउन सरकारी कर्मचारी लगायतले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । 


प्रतिक्रिया