पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

माघ २१, २०८० | नवलपरासी

पश्चिम नवलपरासीमा एक सुनचाँदी ब्यवसायीमाथिगोली प्रहार भएको छ । सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्वकर्मा माथि गएराति गोली प्रहार भएको हो । 

घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ केराबारी नजिकै अज्ञात समूहले विश्वकर्मालाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराले बताउनुभयो । 

पाखुरामा गोली लागेका विश्वकर्मालाई बर्दघाटस्थित चिसापानी अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । 

विश्वकर्मामाथि गोली प्रहार गर्ने समूहको खोजी भईरहेको डीएसपी बोहराले बताउनुभयो । सो समूहले सुनचाँदी ब्यवसायी विश्वकर्माले प्रयोग गर्ने स्कूटर समेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया