सरकार शुसासनतर्फ अघि बढेको छः गृहमन्त्री श्रेष्ठ

फाल्गुन ६, २०८० | गोरखा

उप–प्रधानएवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिमा फड्को मार्न शुसासन अनिवार्य रहेको बताउनुुभएको छ ।

गोरखामा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार शुसासनतर्फ अघि बढेको बताउनुुभएको हो । भ्रष्टचारीहरुले टाउको उठाउन नपाउने गरि आफूहरुले काम गरिरहेको उहाँको भनाई छ ।

फरक प्रसङ्गमा, उहाँले सञ्चालनमा नरहेको गोरखकाली रवर उद्योगलाई नयाँ मोडालिटिमा संचालन गर्ने, वहुउद्देश्यीय वुढीगण्डकी जलविद्युत परीयोजनालाई चालु आर्थिक वर्षमै शिलान्यास गरेर अघि बढाउने लगायत योजना सरकारको रहेको बताउनुुभयो ।  


प्रतिक्रिया