भन्सार छलेर ल्याइएको २६ लाख मूल्य बराबरको समान बरामद

फाल्गुन २४, २०८० | पश्चिम नवलपरासी

भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँ बराबरको सामान पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीस्थित एक गोदाममा लुकाई छिपाई राखेको अवस्थामा सो मूल्य बराबरको १ सय ४९ बोरा चिनी प्रहरीले बरामद गरेको हो ।

पाल्हीनन्दनस्थित भगतपुरा बस्ने सोमै गौडले सञ्चालन गरेको गुलसन नितलेश राइस मिलको गोदाममा भन्सार छलेर ल्याइएको चिनी लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी र राजस्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो । 

सो क्रममा ६ लाख रुपैयाँ बराबरको चिनी फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद चिनीलाई बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया