बर्दघाट २ को पटुकेमा पुग्यो बिजुली

फाल्गुन २५, २०८० | परासी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ को दुर्गम बस्तीमा बिजुली पुगेको छ ।

 सुगम जिल्लाको बिकट मानिने बस्तीमा बिजुली पुुगेसँगै स्थानीय खुसी भएका छन् । विद्युतको पहुँच नपुगेका पटुके, दमार, तिलकेनी, विहारी, पोखरीछाप लगायतका वस्तीहरुमा आजदेखि बिजुली पुगेको बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । 

नेपाल विद्युत प्राधिकरणको ५ करोडको लागतमा ती स्थानहरुमा विद्युतीकरण गरिएको हो ।

 ती वस्तीमा पहिलो पटक १ सय २८ घर धुरीमा मिटर जडान गरीएको छ ।   


प्रतिक्रिया