प्रतापपुरमा आगलागीबाट ५ घर घर जलेर जष्ट

चैत्र २८, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ गुठीमा आगलागीबाट ५ वटा कच्ची जलेर नष्ट भएको छ । 

प्रतापपुर–६ गुठीका मनोज पालको घरमा बिजुली सर्ट भएको लागेको आगो अन्य चार वटा घरमा पनि फैलिएको हो । आगलागीबाट अन्न र लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

स्थानीय शम्भु बनियाँको गोठमा रहेको एउटा भैँसी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । कच्ची फुसको घर भएकाले धेरै क्षति भएको र आगो निभाउन कठिन भएको थियो । 

यसैगरी प्रतापपुर–६ कै रेतामा मच्छड मार्ने धूपबाट सल्किएको आगोले कमल एरको गोठमा नष्ट भएको छ । गोठमा राखिएको १ सय २० केजी तोरी, १ सय केजी चामल र कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया