जसपा नेपाल विभाजनमा ठूलो शक्तिको हात छः प्रवक्ता सुमन

वैशाख २५, २०८१

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफूहरुको दल विभाजनमा ठूलो शक्तिको हात रहेको आरोप लगाएको छ । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले ठूलै शक्ति जसपा नेपालको विपक्षमा लागेको बताउनुभयो ।

यसैबीच, जसपा नेपालले वर्तमान सत्ता गठबन्धन नछाड्ने बताएको छ । आफूहरु वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्ने पक्षमा भएको सो पार्टीको भनाई छ । 


प्रतिक्रिया