अशोक राईलाई पार्टीमा फर्कन उपेन्द्र यादवको आग्रह

वैशाख २६, २०८१ | काठमाडौं

जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईलाई पार्टीमा फर्कन आह्वान गर्नु भएको छ ।

काठमाण्डौंको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपा नेपालका अध्यक्ष यादवले पार्टी विभाजन गरेका नेता सच्चिएर आए छलफल गर्न तयार रहेको बताउनुभयो ।

सरकारलाई दिएको समर्थन यथावत रहने उहाँको भनाई थियो । गठबन्धनको बिषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रम फैलाइएको यादवले बताउनुभयो ।

काँग्रेससँग मिलेर सरकार बनाउन लागेको भनेर हल्ला फिजाइएको उहाँको भनाई थियो । राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपले अगाडि बढीरहेको भन्दै अध्यक्ष यादवले अत्यन्त महत्वाकांक्षी र व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिले पार्टी फुटाएको दावी गर्नुभयो ।

उहाँले गैर कानूनी र असंवैधानिक तवरले जसपा विभाजन गरिएको आरोप लगाउनुभयो ।


प्रतिक्रिया