मेसेडोनियाको नाम अब रिपब्लिक अफ नर्थ मेसेडोनिया हुने

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०७५

- युरोपेली मुलुक मेसेडोनियाको संसदले मुलुकको नाम परिवर्तनको प्रस्ताव पारित गरेको छ । अब मेसेडोनियाको नाम रिपब्लिक अफ नर्थ मेसेडोनिया हुनेछ । प्रधानमन्त्री जोरान जेभले दुई तिहाईको बलमा प्रस्ताव पारित गराउनुभएको हो । प्रतिपक्षी पार्टीले भने संसद बहिष्कार गर्दैे संसद भवन बाहिर प्रदर्शन गरेका थिए ।

२७ वर्ष देखि छिमेकी मुलुक ग्रिस सँगको विवादका कारण नाम परिवर्तन गरेको हो । ग्रिसले आफ्नो एक प्रदेशको नाम मेसेडोनिया राखेकाले दुई मुलुकबीच सम्झौतापछि नाम फर्ने सहमति भएको थियो । मेसेडोनियालाई नेटो र युरोपियन युनियनमा सदस्यता  नदिन  ग्रीसले प्रयोग गरेको भिटो पनि रद्द भएको छ ।

गत सेप्टेम्बरमा भएको जनमत सङ्ग्रहमा ९० प्रतिशत मेसेडोनियाका जनताले मुलुकको नाम परिवर्तनको पक्षमा मतदान गरेका थिए । यद्यपी, न्यून जनसंख्याले मतदान गरेको भन्दै जनमत सङग्रहको नतिजा अस्वीकृत भएको थियो । 


प्रतिक्रिया