यमनको एडेन शहरलाई विद्रोहीको कब्जामा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २६, २०७६ | काठमाडौं

यमनको एडेन शहरलाई विद्रोहीले कब्जा गरेका छन् । अन्तराष्ट्रिय समुदायले मान्यता दिएको सरकारको केन्द्र रहेको एडेनस्थित राष्ट्रपतिको कार्यालय र सैन्य ब्यारेकलाई विद्रोहीले नियन्त्रणमा लिएको हो । संयुक्त अरब ईमिरेट्स युएईले समर्थन गरेको साउर्दन ट्रान्जिस्नल काउन्सिलले सरकार विरुद्ध कु गरेको सरकारले आरोप लगाएको छ ।

गत २४ घण्टामा  दुई पक्षबीच भएको लडाईका क्रममा ७० जनाको मृत्यु भएको तथा १ सय १९ जना घाईते भएको डक्टर्स विथ आउट बोडर्स संस्थाले उल्लेख गरेको छ । 

यद्यपी आजबाट लागु हुने गरी एडेन शहरमा दुवै पक्षले युद्ध विरामको घोषणा गरेका छन् । राष्ट्रपति अब्दरबु मन्सुर हादीले भने अहिले साउदी अरवमा  शरण लिईरहेका छन् ।

साउदी समर्थन रहेको यमनको सरकारले हुथी विद्रोहीविरुद्ध शसस्त्र कारवाही गर्दै आएको छ । राजधानी सना हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि सरकारले आफ्नो केन्द्र एडेनमा सारेको थियो ।

युएईले सन् २०१४ मा हुथी विद्रोही विरुद्ध लड्न साउर्दन ट्रान्जिस्नल काउन्सिलका नाममा हजारौंलाई शसस्त्र तालिम दिएको थियो ।

 


प्रतिक्रिया