चिनियाँ पर्यटकको संख्या वर्षेनी बढ्दै

आश्विन २६, २०७६ | लुम्बिनी

बुद्धजन्मस्थलको प्रचार बढ्दै जाँदा लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । सन् २०१८ मा १८ हजार ६ सय ४० जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले बताउनुभयो । त्यसको अघिल्लो वर्ष सन् २०१७ मा १५ हजार ७ सय ७० चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरुमा सबै भन्दा बढी श्रीलंकाका दोस्रोमा थाईल्याण्ड र तेस्रो स्थानमा चिनियाँ पर्यटक रहेका छन् । बसाईका हिसाबले सबैभन्दा धेरै चिनियाँ पर्यटकहरुले लुम्बिनीमा समय बिताउने गरेका छन् । नेपाल आउने धेरैजसो चिनियाँ बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउने गरेका छन् ।

 

लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसिएशनका पुर्व अध्यक्ष मिथुन मान श्रेष्ठले चिनियाँ पर्यटक धेरै खर्च गर्ने समेत देखिएकाले उनीहरुको संख्या बढाउन सके पर्यटन व्यवसाय फस्टाउने बताउनुभयो । 

 


प्रतिक्रिया