पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढाक्षेत्रीलाई

फाल्गुन १३, २०७६ | ताप्लेजुङ

पाथीभरा म्याराथन प्रतियोगिताको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ सुनमाया बुढा क्षेत्रीले जितेकी छन् । मंगलबार बिहान भएको प्रतियोगितामा पुरुष खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङ प्रथम भए । 

उनले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित ५४ किलोमिटर दूरी पार गरे । यसअघि आयोजकले ४७ किलोमिटर भनेपनि मोटरबाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी बढेको हो ।

पाँचथर फिदिमका प्रताप थाम्सोहाङ द्वितीय भए । उनले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा निर्धारित दूरी पार गरे । रुकुम मुसिकोटका दुर्गाराज बुढा तृतीय भए । उनले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पूरा गरे ।

महिलातर्फ जुम्लाको पत्रासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्री प्रथम भईन । उनले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गरिन । त्रिभुवन आर्मी क्लबकी सरिता कासी दोस्रो भईन । उनले ३ घण्टा ४८ मिनेटमा दूरी पार गरेकी थिईन । 

धादिङ धुनिबेसींका रसिला तामाङ तृतीय भईन । उनले ४ घण्टा ५९ सेकेण्डमा दूरी पूरा गरिन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजित पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन प्रतियोगिता गराइएको हो ।

खुलातर्फका विजेताले १ लाख ५१ हजार रुपैयाँ, उप–विजेताले १ लाख ११ हजार र तृतीयले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । महिला तर्फ ८१ हजार रुपैयाँ, दोस्रो हुनेले ५१ हजार रुपैयाँ र तेस्रो हुनेले ३१ हजार रुपैयाँ, प्राप्त गरे । 


प्रतिक्रिया