इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी विजयी

फाल्गुन २९, २०८० | काठमाडौं

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले न्युक्यासलविरुद्ध ३–२ को जित हात पारेको हो । 

चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले गोल एक÷एक गोल गरेका थिए । 

न्युक्यासलका लागि एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले समान एक÷एक गोल गरे । 

जितपछि चेल्सी समग्रमा ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ भने न्युक्यासल ४० अंकसहित दशौं स्थानमा छ ।


प्रतिक्रिया